२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घाग्रा खोलामा पुल र्निर्माण शुरु



फागुन १३, सुरुङ्गा । दक्षिणी झापाको बाह्रदशी गाउँपालिका–६ भएर बग्ने घाग्रा खोलामा पुल पुनर्निर्माण शुरु गरिएको छ ।

दुई करोड ६० लाखको लागतमा निर्माण शुरु गरिएको पुलको सांसद राजेन्द्र लिङ्देनले शिलान्यास गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका लिङ्देनले पुल निर्माण भएपछि चारपाने, डाँगीबारी लगायत स्थानका हजारौँ सर्वसाधारण लाभान्वित हुने बताए ।

आगामी आवभित्र पुल निर्माण सम्पन्न हुने बताइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, १ नं प्रदेश र बाह्रदशी गाउँपालिकाको संयुक्त लगानीमा पुल बन्न लागेको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । पुलको लम्बाइ ५३ मिटर रहनेछ । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार ००:००