१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोगटान सडकमा ‘डबल कटिङ’ को काम शुरु



फागुन १३, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ७ गते जिल्लाको सबैभन्दा पुरानो बोगटान सडकको कालोपत्रेको शिलान्यास गरेसँगै उक्त सडकमा ‘डबल कटिङ’को काम शुरु भएको छ ।

उक्त सडक खण्डको कैलालीको सहजपुरबाट डबल कटिङको काम शुरु भएको सोयल टेस्ट कन्सल्टेन्सीका इञ्जिनीयर राजकुमार पोख्रेलले बताए । उनले भने, “कालोपत्रे गर्नका लागि नौ मिटर चौंडा सडक आवश्यकपर्ने भएकाले हामीले अहिले डबल कटिङको कार्य शुरु गरेका छौँ ।”

डबल कटिङ गर्दा अधिकांश स्थानीयवासीका घर, खेतबारी तथा जमीनमा लगाएको बाली नोक्सानी हुन थालेकाले काम गर्नमा केही समस्या उत्पन्न भएको उनले जानकारी दिए ।

“डबल कटिङ गर्दा चुरे गाउँपालिकाका केही स्थानीयवासीका घरखेत जान थालेकाले मुअब्जा माग्दा समस्या उत्पन्न भएको छ” उनले भने, “स्थानीय जनप्रतिनिधिसहित हामी बसेर छलफल गरी समस्या समाधान गर्न खोजिरहेका छौँ ।”

चार वर्ष पहिले भएको सर्वेअनुसार नै अहिले उक्त क्षेत्रमा डबल कटिङ गर्दा घरबारी तथा खेती लगायतका जमीन मासिन थालेको बिपीनगरका बासिन्दा रोजबहादुर कलेलले बताए ।

उनले भने, “खेतीबारी भन्दा पनि कतिपयको त घरवास नै उठ्ने अवस्था आएको छ, सरकारले मुअब्जा नदिए उनीहरुको बिचल्ली हुने देखिन्छ ।” कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक ३० महीनाभित्रमै पिच गरीने लक्ष्यअनुसार ठेकेदार कम्पनीले धमाधम रुपमा काम अघि बढाएको हो ।

कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडिकेदार गाउँपालिकासम्म २८ किमी सडक कालोपत्रे हुने भएको हो । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार ००:००