२१ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोदावरीमा जग्गा विवादका उजूरी अत्यधिक

लेखक स्थानीय खबर १३ फाल्गुन २०७५, सोमबार २ मिनेट पढाइ

फागुन १३, गोदावरी । गोदावरी नगरपालिकामा चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन ५ गते सम्ममा ३० भन्दा बढी जग्गा विवादका उजूरी परेको छ ।

सरकारले स्थानीय निकायलाई न्यायिक समितिको जिम्मेवारी दिएपछि जग्गा विवादका बढी उजूरी नगरपालिकामा परेका हुन् । नगरपालिकामा चालू आवको शुरुआतदेखि फागुन ५ गतेसम्म कूल ६० उजूरी परेको छ । गोदावरी नगरपालिकाका न्यायिक समिति सचिवालय सदस्य सन्तबहादुर देसारका अनुसार नगरपालिकामा परेका कूल ६० उजूरीमध्ये ३० जग्गा विवादका छन् ।

उनले भने, “बाँकी अन्य उजूरी निर्माण रोक्का, न्याय दिलाउने सम्बन्धि, आवश्यक कारवाही तथा बाटो कायम र जग्गा फिर्ता गर्ने विषयका रहेका छन् ।” गोदावरीमा अहिलेसम्म सम्बन्ध विच्छेद सम्बन्धि उजूरी भने परेको छैन ।

सेवा तथा सुविधाको माग

गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिकासँग आवश्यक विभिन्न सेवा तथा सुविधाको माग गरेको छ । विभिन्न वस्तुको अभाव रहेकाले नगरपालिकासँग माग गरिएको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मधुराम केसीले बताए । “नगरपालिकाबाट प्रत्येक महीना बैठक बसेबापतको यातायात खर्च पाउन सकेका छैनौँ” उनले भने । नगरपालिकाको स्वास्थ्य शाखाले यहाँको १४ वटै वडामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाले स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको समस्यालाई सयममै ध्यान नदिँदा प्रत्येक महीना पाउनुपर्ने पारिश्रमिक पाउन ढिलाइ भएको छ । “नगरपालिकामा बिरामीको स्वास्थ्य परीक्षणका लागि थुप्रै आवश्यक सामग्री थप्नुपर्ने छ” केसीले थपे, “औषधिलगायत अन्य वस्तु भण्डारणको लागि उचित भण्डारण कक्षको व्यवस्थापन गर्न सकिएको छैन ।”

गत वर्ष स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको रकम निकासाको काम ढिलो हुँदा ९० प्रतिशत काम मात्र सम्पन्न भएको केसीले बताए । प्रदेश सरकारले यस वर्षदेखि वर्षको एक पटक स्वास्थ्य स्वयंसेविकालाई दिइने दुई हजार ५०० सञ्चार खर्चबापतको रकमका लागि नगरपालिकामा पटकपटक ताकेता गर्दै आएको छ । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।