४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरी देउराली गाउँपालिकाः १५ शैय्याको अस्पताल बन्दै



फागुन १३, बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरी देउराली गाउँपालिका ५ पोखरीचौरीस्थित ढाँटखर्क भालचौरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ ।

साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई ‘अपडेट’ गरी १५ शैय्याको अस्पताल बन्ने तयारी भइरहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ५ का अध्यक्ष राजकुमार गौतमले बताए ।

“त्यसका लागि आवश्यक पर्ने १६ रोपनी जग्गाको व्यवस्थापन गरिसकेका छौँ” गौतमले भने, “स्वास्थ्यचौकीको नाममा पहिला नै भएको पाँच रोपनी गर्दा २१ रोपनी जग्गा हामीसँग प्राप्त भइसकेको छ, अब छिट्टै भवन निर्माणको काम अगाडि बढ्छ ।” स्थानीय बासिन्दाको सहयोगमा सो जग्गा प्राप्त गरेको वडाध्यक्ष गौतमले बताए ।

अस्पतालको भवन निर्माण गर्न प्रदेशसभा सदस्य रत्न ढकालको पहलमा प्रदेश सरकारबाट यसै आर्थिक वर्षको बजेटबाट एक करोड ६९ लाख प्राप्त भएको छ । सांसद ढकालले प्रदेशबाटै भवनको डिजाइन भइरहेको बताए । “पहिला बनाएको डिजाइनमा अलि फरक गर्नुपर्ने भएपछि अर्को तयारीमा रहेको छ” सांसद ढकालले भने, “त्यसको टुङ्गो लाग्ने वित्तिकै निर्माणकार्य अगाडि बढ्छ ।” अस्पतालका लागि डा नियुक्तीको विषयमा समेत प्रक्रिया अगाडि बढिरहेको उनले बताए ।

चौरी देउराली गाउँपालिका स्वास्थ्य शाखा संयोजक तेज घिसिङले अस्पताल निर्माणका लागि केही समय अगाडि निर्देशिका र कार्यविधि प्राप्त भइसेकाले अब व्यवस्थापन समितिको बैठक छिट्टै बसेर स्वास्थ्य सामग्री खरीदको प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको बताए ।

“व्यवस्थापन समितिको बैठक बसेपछि कहिलेबाट कसरी काम शुरु गर्ने भन्ने कुरा टुङ्गो लाग्ने बितिकै सूचना प्रकाशन गरेर काम अगाडि बढ्छ” स्वास्थ्य शाखा संयोजक घिसिङले भने । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार ००:००