१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रगतिशील विवाहबाट विद्यालयलाई ५ लाख सहयोग



फागुन १२, मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक नविवाहित जोडीले भोजभतेर नगरि ५ लाख रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेको छ ।

यहाँका नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रीना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने सबै खर्चवापतको रकम आईतबार विद्यालयलाई प्रदान गरेका छन् । विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा वैवाहिक कार्यक्रम गरेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

छोराबुहारीको इच्छानुसार विवाहमा लाग्ने सबै फजुल खर्च कटाएर सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुबा फत्तेसिंह नेपालीले बताउनुभयो ।

उनका अनुसार विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा केही भड्किलोपन बढेको उल्लेख गर्दै त्यसलाई निरुत्साहन गरी नयाँ संस्कारको थालनी गरिएको बताए ।

वैवाहिक कार्यक्रमकै दिन सरस्वती मावि सल्लेलाई १ लाख ५१ हजार रुपैयाँ तथा ५० हजार रुपैयाँ बराबरको कापीकलम, डायरी र ५० हजार रुपैयाँ बराबरको जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको छ ।

त्यस्तै जलजला मावि थवाङ रोल्पालाई १ लाख र अभिभावकविहीन, दलित तथा विपन्न तीन बालबालिकालाई जनही ५० हजार रुपैयाँका दरले डेढ लाख रुपैयाँ प्रदान गरिएको उनले बताए ।

प्रगतिशील वैवाहिक कार्यक्रममा नरेन्द्रको शिक्षादीक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार ००:००