१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमा नगरपालिकामा मा चालीस कानून निर्माण



युवराज पाण्डे

फागुन ११, बुटवल । तिलोत्तमा नगरपालिकाले अहिलेसम्म चालीस कानून निर्माण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाअनुसार तिलोत्तमाले ऐन, नियम, नियमावली, निर्देशिका, कार्यविधि र मापदण्ड गरी चालीस कानून निर्माण गरेको हो ।

पछिल्लो पटक चौथो नगरसभाले सार्वजनिक निजी साझेदारीसम्बन्धी विधयेक पारित गरेको थियो । विधयेक पारितसँगै साझेदारी मोडलमा काम गर्न बाटो खुलेको छ ।

तिलोत्तमाले अरू स्थानीय तहले भन्दा केही नयाँ स्थानीय कानूनसमेत निर्माण गरेको छ । यस्ता कानूनमध्येको एक हो, सार्वजनिक महत्वका कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका ।

नगरपालिकाभित्र सञ्चालन हुने सबै प्रकारका सार्वजनिक महत्वका कार्यक्रमलाई उपलब्धिमूलक, मितव्ययी, छिटो–छरितो र समयसापेक्ष बनाउन निर्देशिका जारी गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

निर्देशिकामा कार्यक्रम तोकिएको समयमै सुरू गर्नुपर्ने, वक्ताहरुले सम्बन्धित विषयमा बुँदागत रुपमा मन्तव्य राख्नुपर्ने, स्वागत तथा सम्मानका लागि स्थानीय स्तरमा उपलब्ध हुने फूलको माला तथा गुच्छाको मात्र प्रयोग गर्नुपर्ने उल्लेख छ ।

कार्यक्रममा खादा प्रयोग गर्न नपाइने पनि दिर्नेशिकामा उल्लेख छ । ‘तर कुनै जातजाति, धर्म, संस्कृति विशेषको कार्यक्रमका सन्दर्भमा यो व्यवस्थाले खादा प्रयोगमा कुनै बाधा पु¥याएको मानिने छैन,’ निर्देशिकामा भनिएको छ ।

साधारणसभा, अधिवेशनलगायत संस्थाको आन्तरिक विषयमा बढी केन्द्रित हुनुपर्ने कार्यक्रमका उद्घाटन सत्रहरु बढीमा डेढ घण्टामा सक्नुपर्ने, विद्यालयले अतिथिहरुको स्वागत तथा सत्कारका लागि विद्यार्थीलाई उभ्याउन नपाउने पनि निर्देशिकामा उल्लेख छ ।

सार्वजनिक महत्वका सबै कार्यक्रममा राष्ट्रिय गीत अनिवार्य गाउनुपर्ने, विदेशी गीत÷सङ्गीत प्रस्तुत गर्न नपाइने, भड्किलो पहिरन र उत्तेजक नेपाली गीतको प्रस्तुति वा नृत्यमा पनि निर्देशिकाले रोक लगाएको छ ।

तिलोत्तमाले घरमा पालिएका चौपाया बेवारिसे छाड्ने व्यक्तिलाई जरिवाना गर्ने नियमसमेत बनाएको छ । छाडा चौपायाका कारण नगरमा धेरै समस्या देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि’ जारी गरेको हो ।

कार्यविधिमा घरपालुवा चौपाया बेवारिसे छाडा छाड्नेलाई पहिलो पटक बढीमा तीन हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ । गाई÷गोरु–बाछा÷बाछी बेवारिसे छाडिएमा तीन हजार, राँगा÷भैँसी–पाडा÷पाडीको ७ सय रुपैयाँ, बाख्रा, खसी, बोका, भेडा, सुँगुर÷बङ्गुरको ५ सय रुपैयाँ जरिवाना गर्ने नियम नगरपालिकाले बनाएको हो । तिलोत्तमा नगरपालिकामा मूलतः छाडा गाई÷गोरु–बाछा÷बाछीको समस्या छ ।

नगरपालिका क्षेत्रभित्र जथाभावी छाडिने बेवारिसे छाडा पशुचौपायाले सडक एवं सार्वजनिकस्थलमा पु¥याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा क्षति नियन्त्रण गर्दै ‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’ नारालाई व्यवहारमा उतार्नका लागि घर–गोठमा पालिएका पशुचौपायालाई छाडा छाड्ने प्रवृत्तिलाई रोक्न नगर कार्यपालिकाले कार्यविधि जारी गरेको नगर प्रमुख घिमिरेले जानकारी दिए ।

तिलोत्तमाले जथाभावी जग्गा प्लाटिङ रोक्न मापदण्ड जारी गरेको छ भने प्लास्टिक झोला, गिलासको प्रयोगलाई निरुत्साहित गर्न पनि नियम बनाएको छ । नगरपालिकाबाट सम्पादन हुने कामलाई व्यवस्थित बनाउन स्थानीय कानून निर्माणमा ध्यान पु¥याइएको उप–प्रमुख जागेश्वरी चौधरीले बताइन् ।

तिलोत्तमाले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, सम्पत्ति कर व्यवस्थापन कार्यविधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम सञ्चालन कार्यविधि, नदीजन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन, ओसार, पसार तथा बिक्री–वितरण व्यवस्थापन कार्यविधि, सामुदायिक विकास कोष, सामाजिक परिचालन कार्यविधि, व्यवसाय दर्ता तथा नवीकरण कार्यावधि, टोल विकास संस्था सञ्चालनका लागि उपलब्ध गराइने अनुदान खर्च कार्यविधि, पुष्पखेती अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, कृषि सञ्जाल कार्यान्वयन कार्यविधि, स्वयंसेवक परिचालन कार्यविधि, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि निर्माण गरेको छ ।

यस्तै घर जग्गा, बहाल कर व्यवस्थापन कार्यविधि, सिँचाइ कार्यक्रम कार्यान्वयन कार्यविधि, मत्स्य उत्पादन, प्रवद्र्धन कार्यविधि, बाली तथा पशुपंक्षी संरक्षण राहत कोष कार्यान्वयन कार्यविधि पनि निर्माण भएको छ । रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार ००:००