८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘तहगत समन्वय नहुनु संघीयताको मुख्य चुनौती’



फागुन ९, चिप्लेढुङ्गा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राज्य संरचनाका तीन तहका अधिकारका साझा सूची कार्यान्वयन गर्न सहज वातावरण निर्माण गर्नुपर्ने औल्याएका छन् ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले शुक्रबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा तिमिल्सिनाले संघीय शासन व्यवस्थामा सरकारको तहगत संरचनामा उचित समन्वय हुन सके मात्र संविधानप्रदत्त संघीयता अर्थपूर्ण हुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संघीयताको नयाँ अभ्यासमा नीतिनियमको मुख्य आवश्यकता भएकाले संविधानमा उल्लेखित केही बुँदा संशोधन र परिमार्जन गरी समृद्धिको खाका कोर्नु पर्ने बताए

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संविधान र नीतिगत व्यवस्थाको उचित अध्ययन र कार्यन्वयन नपुगेकाले पनि राज्य संरचनाबीच समन्वयमा समस्या आएको बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कतिपय कानून प्रदेश र स्थानीय तह आफैँले बनाएर कार्यसम्पादन सहजीकरण गर्न खोजे पनि विधि र प्रक्रिया बाहिर गएकाले दोहोरो झञ्झट व्यहोर्नुपरेको बताए ।

संविधानसभाका पूर्वसदस्य खीमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, तहगत अन्तरसम्बन्ध, कानून निर्माण, वित्त व्यवस्थापन, कर्मचारी प्रशासन चुनौती र अवसरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार ००:००