१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याउ र ओखरका बिरुवा वितरणमा अनियमितता



फागुन ९, हुम्ला । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको छ ।

गाउँपालिकाले निवेदनका आधारमा स्याउ र ओखर वितरणको प्रावधान राखेपनि त्यसो नभएको कृषकले गुनासो गरेका हुन् ।

जिल्लामा स्याउ ओखर लगाउने याम शुरु भएसँगै सिमकोट गाउँपालिकाका किसानलाई स्याउ र ओखरका बिरुवा वितरण गरेता पनि चिनजान र भनसुनका आधारमा मात्र वितरण गरिएको वडा नं ४ का हिस्सी लामाले बताए ।

वडा नं २ का दलित समुदायका कृषकले पनि आफूहरुले पाँच ओटा स्याउको लागि पालिका धाउँदा निवेदनका आधारमा दिनुपर्छ अरुलाई होइन भन्दै फिर्ता गरेको बताए ।

सिमकोट गाउँपालिका बागवानी अन्तर्गत वडा १ देखि ८ सम्मका कृषकलाई स्याउका १० हजार र ओखरका दुई हजार ४० ओटा बिरुवा वितरण गरिएको छ । सिमकोट गाउँपालिकाले आफ्ना पालिकाभित्र पर्ने १७ हजार हेक्टर क्षेत्रफलका लागि स्याउ, ओखर वितरण गरेको हो । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार ००:००