१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्ष बुढामगरद्वारा ४१ वर्षीया महिलामाथी कुटपिट



फागुन ८, रुकुम पूर्व । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गरेका छन् ।

निर्माणाधीन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षले जयपुरालाई कुटपिट गरेको बताइएको छ । वडाध्यक्षले आफूमाथि मोटरसाइकलको हेल्मेट प्रहार गरेको र ढुङ्गा भएको ठाउँमा धकेलीदिएको पीडित जयपुराले बताइन् । कुटपिटले शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको छ ।

अहिले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनी महिला विकास कार्यालयले गठन गरेको तत्कालीन पारालिगल समितिका सदस्य समेत थिइन् । आफूमाथि कुटपिट भएपछि बुढाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

तर इलाका प्रहरी कार्यालयमा वडाध्यक्षले छलफल गर्न नमानेपछि उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् । यस घटनाबारे आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार ००:००