१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानव मलमूत्रीय फोहर व्यवस्थापन प्रशोधन केन्द्र बन्दै



फागुन ७, भद्रपुर । झापाको मेचीनगर–१४ स्थित दुहागढीमा मानव मलमूत्र व्यवस्थापन गर्ने उद्देश्यले सात करोड बढीको लागतमा मानव मलमूत्रीय फहोरो व्यवस्थापन प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत अनुदान र स्थानीय तहको १५ प्रतिशत लागतमा सो प्रशोधन केन्द्रको निर्माण भएको हो । सन् २०१७ डिसेम्बरमा धनुषाको रमन कन्स्ट्रक्सनले सात करोड ६८ लाखमा सन् २०१८ को डिसेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

तर, सो समयावधिमा निर्माणकार्य सम्पन्न नभएपछि दोस्रो पटक म्याद थपेर काम भइरहेको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लालबहादुर थेबेले बताए ।

उनले आगामी मार्च महीनामा सकिने गरी दोस्रो पटक म्याद थपेको कम्पनीले ९० प्रतिशत काम पूरा गरिसकेको बताए । उनका अनुसार प्रशोधन केन्द्रमा विर्तामोड नगरपालिका, मेचीनगरका वडा नं ११, १२, १३ र १४ र बुद्धशान्ति गाउँपालिका क्षेत्रको मानव मलमूत्रको उचित व्यवस्थापन गरिनेछ ।

मानव मलमूत्र व्यवस्थापन वातावरणीय स्वच्छताका लागि अपरिहार्य भएको बताउँदै अध्यक्ष थेबेले भने, “यसबाट पर्यावरण सन्तुलित त हुन्छ नै स्थानीयवासी समेत स्वरोजगार बन्छन् ।”

उनले खानेपानीकै पहलमा नेपालमै पहिलोपटक मानव मलमूत्रलाई प्रशोधन गरेर प्राङ्गारिक मल बनाउन लागेको बताए । उनका अनुसार नगरपालिका र गाउँपालिकाबाट निस्किने कुहिने प्रकृतिको फोहर ३० प्रतिशत र ७० प्रतिशत मलमूत्र प्रशोधन गरेर निस्किएको लेदो मिसाएर प्राङ्गारिक मल बनाउने तयारी भइरहेको छ ।

आगामी चैत १ गतेबाट प्रशोधन केन्द्र सञ्चालनमा आउने छ । अध्यक्ष थेबेका अनुसार चालू भएको मितिदेखि दुई वर्षको अवधिसम्म ठेकेदार कम्पनीले नै सञ्चालन गर्ने गरी एडिबीसँग सम्झौता गरिएको छ । कम्पनीको सम्झौताअवधि सकिएपछि सो केन्द्र स्थानीय तहलाई हस्तान्तरण गरिने छ । रासस

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार ००:००