१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलमा अत्याधुनिक व्यापारिक भवन निर्माण गरिने



फागुन ६, खस्यौली । बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक व्यापारिक भवन ९सपिङ कम्प्लेक्स० निर्माण गरिने भएको छ ।

सो अत्याधुनिक भवन नगर विकास कोषसँगको सहकार्यमा तीन वर्षमा निर्माण सम्पन्न हुने गरी आज सम्झौता भएको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र नगर विकास कोषका कार्यकारकी निर्देशक मनिरामसिंह महतका बीच काठमाडौं स्थित नगर विकास कोषको कार्यालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सो भवन निर्माणले बुटवललाई आर्थिक कारोवारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र दिगो आयस्रोतको आधार बन्न सक्ने प्रमुख सुवेदीले बताए । १० करोड ८४ लाखको कूल लागतमा बन्ने सो भवनको निर्माणकार्य वैशाखबाट शुरु हुने बताइएको छ ।

भवन लागतको ९० प्रतिशत अर्थात् ९ करोड ७५ लाख बराबरको बजेट ऋणको रुपमा कोषले लगानी गर्ने छ । बाँकी १० प्रतिशतअर्थात् एक करोड आठ लाख ४५ हजार रकम उपमहानगरपालिकाले व्यवस्थापन गर्नेछ ।

कोषले आठ प्रतिशत ब्याजदरमा २० वर्षका लागि उक्त रकम बराबरको ऋण उपलव्ध गराएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताए ।

तीन तलाको भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ वटा व्यावसायिक सटर निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने योजना प्रमुख इञ्जिनीयर सुमन श्रेष्ठले बताए । उनका अनुसार भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७ २७ सटर बन्नेछन् ।

पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउँदै योजना प्रमुख इ श्रेष्ठले अहिले बहुवर्षीय योजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम अन्तिम चरणमा पुगेको बताए । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार ००:००