५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालश्रमिक राख्नेलाई सरकारी सेवा सुविधा नदिइने



फागुन ६, डोटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले नगरक्षेत्रमा बसोबास गर्ने जोकसैले कुनै पनि बहानामा बालश्रमिक राखेलाई नगरपालिकाबाट प्रदान गरिने सरकारी सेवा सुविधा नदिने बताएकी छन् ।

बालश्रम निषेध गराउन नगरपालिकाको सामाजिक विकास समितिले आयोजना गरेको सरोकारवालासँगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख मलासीले नगरपालिकामा बालश्रमिक राख्ने कुरा ‘फेसन’ को रुपमा अगाडि बढिरहेको भन्दै नगरपालिकालाई बालश्रमिक मुक्तनगर बनाउने अभियानमा आफूहरु लागि परेको बताइन् ।

उनले भनिन्, “हामी एक वर्षदेखि बालश्रम अन्त्य गर्ने प्रयासमा छौँ, कसैले कुनै पनि बहानामा बालश्रम राखेको पाइए तिनलाई सरकारी सेवा सुविधाबाट वञ्चित गराउनेछौँ ।” उनले कोही कसैले कसैको बच्चालाई पढाइदिने र पालिदिने भन्दै घरमा राखी श्रममा लगाएको देखिए त्यस्ता व्यक्तिको घर परिवारको सूची तयार पारी कालो सूचीमा समेत नाम राख्ने नीति नगरपालिकाले बनाइरहेको बताइन् । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार ००:००