१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाद्वारा हाते ट्याक्टर वितरण



फागुन ६, गोरखा । गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका १३ वटा वडाका २८ जना कृषकलाई ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रम अन्तरगत नगरक्षेत्रभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ ट्याक्टर वितरण गरिएको नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।

नगरपालिकाले सार्वजनिक सूचनामार्फत सबै वडाका कृषकलाई निवेदनका लागि आह्वान गरी छनोटमा परेका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको उनको भनाइ छ । “हामीले निवेदन दिएका कृषक व्यावसायिक कृषक हो की होइन पुष्टी गरेर मात्र अनुदानमा ट्याक्टर उलपब्ध गराएका हौँ, नगर प्रमुख पन्तले भने, गैह्र किसानहरुले अनुदान लिन नपाओस् भन्नेमा नगरपालिकाले सचेत भएर काम गरेको छ ।”

वितरण गरिएका २८ मध्ये ६ वटा कृषि समूह र २२ जना भने व्यावसायिक कृषक रहेको उनले बताए । कृषकलाई वितरण गरिएको ट्याक्टर ७।५ हर्जपावर क्षमताको रहेको र उक्त ट्याक्टरले प्रतिघण्टा रोपनीसम्म जमिन जोत्न सक्ने नगरपालिकाका प्रविधिक सहायक नवीन अधिकारीले जानकारी दिए ।

यसअघि जिल्ला कृषि विकास कार्यालय र कृषिजोनबाट अनुदान नपाएका कृषकलाई छनोट गरिएको नगरपालिकाले जनाएको छ । ट्याक्टर वितरण अघि अनुदान प्राप्त गर्न छनोटमा परेका सबै कृषकको बारेमा नै घरघरमा पुगेर वास्तविक किसान भए नभएको बारेमा जानकारीसमेत लिएको उनले बताए ।

नगरपालिकाले टेण्डर आह्वान गरेर कम दरमा उपलब्ध गराउने गरी मनकामना मिल मेशिनरी सप्लायर्सलाई ट्याक्टर खरिदको जिम्मेवारी दिएको थियो । सप्लार्यसले प्रति ट्याक्टर ५४ हजार ९ सय ५० मा नगरपालिकालाई ट्याक्टर उपलब्ध गराएको अधिकारीले बताए । कार्यक्रम अन्तरगत नगरपालिकाले चालू आर्थिक वर्षका लागि १० लाख विनियोजन गरेको थियो । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार ००:००