२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे



फागुन ६, बेझाड पाल्पा । रामपुरका स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे गरिएको छ । रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय हुँदै देवीस्थान जोड्ने ८५० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।

यहाँका स्थानीयवासीको २३ लाख ८६ हजार बराबरको जनसहभागितामा सो सडक कालोपत्रे गरिएको छ । सडक कालोपत्रेका लागि रामपुर नगरपालिकाले ५५ लाख ६७ हजार ५०० विनियोजन गरेको थियो ।

स्थानीयवासीको जनसहभागिता र नगरपालिकाको सहयोग गरी जम्मा ७९ लाख ५३ हजार ६०० बराबरको लागतमा सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर रानाले जानकारी दिए ।

अहिले नगरपालिकाभित्र सडक निर्माणलाई प्राथमिकतामा राखेर वडागत र नगरस्तरिय योजना धमाधम सञ्चालन भइरहेको छ । कच्ची सडकलाई ग्राबेल गर्ने, सानो सडकलाई फराकिलो बनाउने, पक्की सडक भएको ठाउँमा नाली बनाउने जस्ता कामहरू अगाडि बढ्दै गएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार ००:००