१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाउन्न स्थानमा झोलुङ्गे पुल नबन्ने



फागुन ५, काठमाडौं । ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत अहिले तुइन प्रयोगमा भएका ५२ स्थानमा झोलुङ्गे पुल नबन्ने भएको छ । यी स्थानमा तुइनबाट नजीकै झोलुङ्गे पुल वा सडक पुल भएको पाइएकाले झोलुङ्गे पुल निर्माणको योजना अघि नबढेको हो ।

कार्यक्रम अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । पुल नबनेका ५२ स्थानमध्ये अधिकांश स्थानमा नजीकै अरू पुल भएकाले तुइनको प्रयोग बाध्यता नभएको पाइएको डिभिजनमा कार्यरत इञ्जिनीयर हुमाकान्त मिश्रले बताए । उनले भने, “जुन स्थानमा स्थानीय जोखिमपूर्ण रुपमा खोला तर्नुपर्ने थियो त्यहाँ पुल बनिसकेको छ ।”

सरकारले विसं २०७२ असोजमा झोलुङ्गे पुलको निर्माण गरेर तुइन विस्थापन गर्ने योजना बनाएको थियो । डिभिजनले दशेभरमा अध्ययन गर्दा १८७ तुइन प्रयोगमा रहेको पाइएको थियो । तीमध्ये महाकाली नदीमा आठ तुइनमध्ये पाँच स्थानमा झोलुङ्गे पुलको निर्माण गर्न नसकिएको इञ्जिनीयर मिश्रले बताए ।

त्यहाँका प्रदेश सरकारसँग समझदारी हुन बाँकी रहेकाले पुल निर्माण अघि बढ्न नसकेको हो । उनले भने, “महाकालीमा तीन वटा पुल बनिसकेको छ भने पाँच स्थानमा बन्न बाँकी छ ।” डिभिजनले १२० मिटर वा त्योभन्दा लामो पुलको निर्माण गर्छ भने त्योभन्दा कम लम्बाइको पुलको निर्माण स्थानीय तहले गर्छ । रासस

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार ००:००