२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम परिवर्तन



फागुन ३, डोटी । सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो ।

बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएका हुन् । बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर तोकिएको छ । पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डी बाजुरा तोकिएको छ ।

यस्तै स्वामीकार्तिक गाँउपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाई, छेदेदह गाँउपालिकाको नाम खप्तड छेदेदह गाँउपालिका राखिएको छ ।

यस्तै बझाङको काँडा गाउँपालिकाको नाम साइपाल, डोटीको वोगटान गाउँपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाउँपालिकाको केन्द्र ओमनगर तोकिएको छ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला–बान्चौर राखिएको छ । बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे राखिएको छ । धुलिगडा केन्द्र रहेको दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र होपरीगडा र लेकम गाउँपालिकाको केन्द्र रातामाटा कायम गरिएको छ । रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार ००:००