१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ नं. प्रदेशले प्रजातन्त्र दिवस मनाउने, मूल समारोह समिति गठन



फागुन ३, हेटौँडा । ३ नं. प्रदेश सरकारले फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा ३ सय ४१ सदस्यीय प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ ।

आज गठन गरिएका उक्त समितिका उपाध्यक्षमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाल छन् ।

उक्त समितिका सदस्यमा प्रदेश नं ३ का मन्त्री, नीतियोजना आयोगका उपाध्यक्ष र सदस्य, प्रदेशसभाका सदस्य, विभिन्न कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत छन् ।

यही फागुन ६ गते बिहान प्रदेशको सदरमुकाममा सरसफाइ, खेलकूद कार्यक्रम र फागुन ७ गते बिहान प्रभातफेरी एवम् प्रजातन्त्र दिवसको महत्वबारे प्रकाश पार्ने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव ढकालले बताए । रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार ००:००