७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राविधिक शिक्षाका लागि डेढ करोड सङ्कलन



फागुन ३, कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दीखोलास्थित माछापुच्छ«े माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ डेढ करोड सहयोग सङ्कलन गरिएको छ ।

विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म करीब एक करोड ५३ लाख जम्मा भएको विद्यालयका लेखापाल उमनाथ गौतमले बताए ।

विद्यालयले यही फागुन १० देखि १२ गतेसम्म तीन दिन स्वर्ण महोत्सव मनाउँदैछ । गाउँपालिका, संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ÷सार्दीखोला, वन व्यवस्थापन समिति साविक वडा नं १ लगायत सङ्घसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रकम सङ्कलन गरिएको उनले बताए ।

विद्यालयले एक करोड ७० लाख सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकम प्राविधिक शिक्षा सञ्चालनमा उपयोग गर्ने योजना बनाएको लेखापाल गौतमको भनाइ छ ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ६३० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरेपनि रोजगारमूलक शिक्षाको लागि प्राविधिक विषयको पठनपाठन शुरु गर्ने योजना विद्यालयको छ ।

सिटिइभिटीए अन्तर्गत डिप्लोमा तहका प्राविधिक विषयका कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको प्रधानाध्यापक सन्तोष आचार्यले बताए ।

उनले भने, “कक्षा १२ पास भएका विद्यार्थी पनि लामो समय बेरोजगार भएर भौंतारिएका छन् । अब सीप सिकेर आफैँले आर्यआर्जन गर्नसक्ने रोजगारमूलक शिक्षा अध्यापन गर्दछौँ’ रोजगारमूलक शिक्षा समयको माग भएको र मागअनुसारका जनशक्ति उत्पादन गर्ने सोच विद्यालयले राखेको उनले बताए ।

‘प्राविधिक शिक्षा सञ्चालन गर्ने हाम्रो उद्देश्य हो । के विषय पठनपाठन गर्दा उपयुक्त हुन्छ । सबैको सल्लाह राय सुझावसहित अघि बढ्छौँ ।’ आचार्यले भने । विद्यालयले सकभर छिमेकी वडामा नभएको र छिट्टै रोजगारी प्राप्त गर्ने विषयका कक्षा सञ्चालन गर्ने बताएको छ ।

स्वर्णमहोत्सवको अवसरमा विद्यालयले गाउँपालिका तथा वडास्तरीय हाजिरी जवाफ, भलिबल तथा लोक दोहोरी लगायतका प्रतियोगिता सम्पन्न गरेको विद्यालयले जनाएको छ । स्वर्णमहोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइन्छ । रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार ००:००