१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहजपुर–वोगटान सडकः शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र



फागुन ३, डोटी । जिल्लाको सबैभन्दा पुरानो वोगटान सडक शिलान्यास भएको लामो समयपछि बल्ल आएर कालोपत्र हुने भएको छ । निर्माण कम्पनीले आफना मेसिन तथा औजार अहिले डोटीको विपीनगर पु¥याउन थालेको स्थानीयवासी रोज कलेलले बताए ।

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक कालोपत्र हुनेभएको हो । उक्त सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिइएको छ । “कालोपत्रका लागि चाहिने सबै सामग्री हामीले विपीनगर पु¥याउँदैछौँ” कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्र्याक्ट म्यानेजर ईश्वर बस्नेतले भने ।

सहजपुर–वोगटान सडक कालोपत्र गर्न दुई अर्ब पाँच करोडमा ठेक्का भएको छ । कालोपत्र ३० महीनाभित्र सम्पन्न गरिने लक्ष लिइएको बस्नेतले जानकारी दिए । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपीनगरदेखि बडीकेदार गाउँपालिका सम्म २८ किमी सडक कालोपत्रका लागि निर्माण कम्पनीका कर्मचारी खटिइसकेका छन् ।

सडक कालोपत्र गर्ने क्रममा कैलाली र डोटीमा गरी झण्डै ६ हजार रुख काट्नुपर्ने अवस्था आएकाले सो प्रक्रिया पनि अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले उक्त सडक कालोपत्र गर्न लागेको सडक विभागका डिजी सुशीलबाबु ढकालले बताए ।

आर्थिक समृद्धिमा मेरुदण्ड मानिएको सो सडकले कैलालीका तत्कालीन दुई र डोटीका १७ गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । शिलान्यास भएको ३३ वर्षपछि उक्त सडक अहिले आएर कालोपत्र हुने भएको हो । सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै वोगटान गाउँपालिकाको सिमचौर भएर दिपायल जोड्ने उक्त सडक विसं २०४२ मा शिलान्यास भएको थियो । रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार ००:००