१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोशी गाउँपालिकाः २ वडा कार्यालय भवन बन्दै



फागुन २, बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले दुई ठाउँमा वडा कार्यालयको भवन बनाउन थालेको छ ।

चालु आवमा वडा नं ६, सिपाली र वडा नं ७ कटुञ्जेको वडा कार्यालय निर्माणका २५ २५ लाख बजेट उपलब्ध गराउनाका साथै गाउँपालिका अध्यक्ष दलबहादुर लामा डिबी ले बुधबार वडा नं ६ सिपालीको घट्टेखोला वडा कार्यालय भवन शिलान्यास पनि गरे ।

वडाध्यक्ष पदम लामाले वडा कार्यालय निर्माणको लागि स्थानीय रामबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको जानकारी दिए । रासस

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार ००:००