१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नरैनापुरमा गाउँपालिकामा इन्टरनेट सेवा विस्तार



फागुन १, नेपालगञ्ज । बाँकेको राप्तीपारिको विकट नरैनापुर गाउँपालिकामा नेपाली मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ ।

विकासका क्रममा विगतमा निकै पछाडि परेको सो गाउँपालिकाका स्थानीय यसअघि भारतीय मोबाइल फोनको प्रयोग गर्न बाध्य थिए । नेपाली टेलिफोन सेवा प्रदायक कम्पनीले सो गाउँपालिकामा मोबाइलको टावर र इन्टरनेट सेवा विस्तार गरेपछि अहिले त्यहाँका स्थानीयको हातहातमा नेपाली मोबाइल फोन देख्न सकिन्छ ।

सो गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार, गाउँपालिकाको सबै वडामा अहिले इन्टरनेटको पहुँच पुगेको छ । नेपाल टेलिकमले चौबिसै घण्टा मोबाइल नेटवर्कको व्यवस्था गरेपछि गाउँपालिकाको सेवा प्रवाहमा समेत सुधार आएको छ । इन्टरनेट बिस्तारसँगै गाउँपालिकाले इ–बिडिङ मार्फत टेण्डर हाल्ने व्यवस्था मिलाएको बस्नेतले बताए ।

चितुवाको छालासहित दुई जना पक्राउ

नेपालगञ्जमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । प्रदेश नं ५ को प्रहरी अनुसन्धान समूहले नेपालगञ्ज ४ बसपार्क क्षेत्रबाट चितुवाको छालासहित रोल्पा लिवाङ नगरपालिका १ का चन्द्रबहादुर घर्ती र स्मृति गाउँपालिका–२ का आइते विष्ट मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका आरोपीका बयानका आधारमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक बोधराज रेग्मीले बताए । रासस

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ००:००