१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाद्वारा १० हजार स्याउका बिरूवा बितरण



फागुन १, हुम्ला । सिमकोट गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा स्याउ र ओखरका बिरूवा वितरण गरेको छ । जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले मङ्गलबार कृषकलाई स्याउका बिरूवा वितरण गरेको छ ।

जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि बिरूवा वितरण कार्य शुरु गरेको सिमकोट गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले बताए ।

सिमकोट गाउँपालिका बागवानी अन्तर्गत वडा नं १ देखि ८ सम्मका कृषकलाई दश हजार स्याउका बिरूवा, दुई हजार चालिस ओखरका बिरूवा वितरण गरिएको कृषि शाखा प्रमुख शाहीले बताए । सिमकोट गाउँपालिकाभित्र रहेको १७ हजार हेक्टर क्षेत्रफलका लागि स्याउ, ओखर वितरण गरिएको हो ।

सिमकोट गाउँपालिकाले निवेदनका आधारमा आफ्ना वडाभित्रका स्याउ खेती गर्ने कृषकलाई कृषकलक्षित कार्यक्रम अगाडि बढाएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ००:००