२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण नगरपालिकाले इञ्जिनीयरिङ कलेज सञ्चालन गर्ने

लेखक स्थानीय खबर २९ माघ २०७५, मंगलबार २ मिनेट पढाइ

माघ २९, भक्तपुर । चाँगुनारायण नगरपालिकाले विवादित चाँगुनारायण इञ्जिनीयरिङ कलेज आफैँले सञ्चालन गर्ने निर्णय गरेको छ ।

विभिन्न विधेयक पारित गर्दै आज सम्पन्न चाँगुनारायण नगरपालिकाको चौथो नगरसभाले सो इञ्जिनीयरिङ कलेज नगरपालिकाले नै सञ्चालन गर्ने गरी कार्ययोजना समेत पारित गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

उनले कलेजका पुराना सञ्चालकसँग नगरपालिकालाई कलेज हस्तान्तरण गर्न पत्राचार गरिने उल्लेख गर्दै कलेजको सम्पूर्ण स्वामित्व अब नगरपालिकाले ग्रहण गर्ने बताए ।

नगरसभाले नगरपालिका क्षेत्रभित्र पर्यटनको विकासका लागि आतिथ्य परियोजना सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव पारित भएसँगै अमेरिकामा रहेका नेपाल हस्पिटालिटी एसएलसी अमेरिकाको तर्फबाट दुई अर्बको वैदेशिक लगानी भित्र्याएर पर्यटन क्षेत्रको विकास गर्ने बाटो खुलेको नगर प्रमुख मिश्रले बताए ।

नगरसभाले चाँगुनारायण नगरपालिका वडा नं ४ मा १०० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय खेलकूद मैदान बनाउने प्रस्ताव पारित गरेको छ भने नगरसभाले बन्द भएका यहाँका प्राकृतिक स्रोत तथा खानी सञ्चालन व्यवस्था गर्न कार्यपालिकालाई निर्देशन दिएको छ ।

नगरसभाले विनियोजित ऐनलाई संशोधन गर्न बनेको विधेयक, शिक्षा ऐन २०७४ को संशोधन गर्न बनेको विधेयक, नगरपालिकाबाट कर तथा गैर कर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नगरपालिकाको विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन गर्न बनेको विधेयक र नगरपालिका क्षेत्रभित्र आतिथ्य परियोजना विकासका लागि गरिएको सम्झौता अनुमोदनका लागि बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरिएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।