५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिपर दुर्घनाः घाइतेको ५० प्रतिशत उपचार खर्च गाउँपालिकाले व्यहोर्ने



माघ २९, बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ९ स्थित चाउरे माझीको विवाहमा केही दिन अगाडि जन्ती लिएर फर्कने क्रममा टिपर दुर्घना भई घाइते भएकाहरुको उपचारमा लाग्ने खर्चको ५० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने भएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–१, कठोरेबाट जन्ती लिएर फर्किएको टिपर यही माघ २३ गते सिन्धुलीको सुनकोशी गाउँपालिका–२ टुप्पीडाँडामा दुर्घटना भएको थियो । तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले सोमबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परेका सबै घाइतेको उपचार खर्चको सबै बिल भर्पाई जम्मा गरेर त्यसमा लाग्ने लागतको ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने जनाएका हुन् ।

उनका अनुसार गम्भीर घाइते भई उपचाररत रहेका बिरामीमा धुलिखेल सामुदायिक अस्पतालमा चार, नर्भिक अस्पतालमा सात, न्यूरो अस्पतालमा पाँच, ट्रमा सेन्टरमा दुई, टिचिङमा र कान्तिपुर अस्पतालमा एक एकको उपचार भइरहेको छ ।

सो घटनामा घाइतेको उपचार खर्चका लागि वडा नं ३ का वडाध्यक्ष विष्णु तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिसकेको छ । सो समितिले उपचारका क्रममा लागेको सबै बिल भर्पाई जम्मा पारेर कार्यालयमा पेश गरेपछि त्यसको ५० प्रतिशत रकम गाउँपालिकाले व्योहोर्ने छ ।

सो दुर्घटना परी तेमाल गाउँपालिका–९ का वर्ष २२ की कृष्णमाया माझी र सोही ठाउँका वर्ष १६ का चुनपाइ लामाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । रासस

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार ००:००