२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदुर नगरपालिकाद्वारा पाँच कार्यविधि पारित

लेखक स्थानीय खबर २९ माघ २०७५, मंगलबार १ मिनेट पढाइ

माघ २९, नुवाकोट । विदुर नगरपालिकाको चौथो नगरसभा आज पाँच कार्यविधि र पूरक बजेट पारित गर्दै सम्पन्न भएको छ ।

नगरसभाले नगर प्रहरी सञ्चालन कार्यविधि, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सम्बन्धी कार्यविधि, बालगृह सञ्चालन कार्यविधि, बालविवाह विरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि र सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि पारित गरेको हो । विधेयक समितिका संयोजक तोयानाथ तिम्सिनाले प्रस्तुत गरेको विधेयकमा सभासदस्यको टिप्पणी सुझाव सहित पारित गरिएको हो ।

नगर प्रमुख सञ्जु पण्डितको अध्यक्षतामा भएको नगरसभाले चालू आर्थिक वर्षका लागि पूरक बजेटसमेत पारित गरेको छ । उपप्रमुख गीता दाहालले प्रस्तुत गरेको छ करोड ७१ लाखको पूरक बजेट सभाले पारित गरेको हो ।

नगरपालिकाको पुस मसान्तसम्मको अर्धवार्षिक राजश्व आम्दानी सात करोड ३२ लाख ९५ हजार, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त निकासा आम्दानी ४१ करोड ७० लाख २० हजार रहेको छ भने पुस मसान्तसम्मको खर्च २७ करोड ७६ लाख १३ हजार छ ।

वडा नं ९ का अध्यक्ष सनी चित्रकारले वडामा मोटरसाइकल किन्नका लागि आएको बजेटले नगरपालिकाले एम्बुलेन्स किन्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको जानकारी दिए । वडामा एम्बुलेन्सको अति आवश्यक भएकाले मोटरसाइकल खरीदको रकमले एम्बुलेन्स किन्ने निर्णय भएको उनले बताए । रासस

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।