१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरका ४ नगरपालिकालाई छाडा पशु व्यवस्थापनमा ध्यान दिन परमादेश



माघ २९, भीमदत्तनगर । उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले सोमबार कञ्चनपुरका चार नगरपालिकालाई छाडा पशु चौपाया व्यवस्थापनमा ध्यान दिन परमआदेश जारी गरेको छ ।

उच्च अदालत दिपायल महेन्द्रनगरका न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले असोज १५ गते छाडा पशु चौपायालाई राजमार्ग, सार्वजनिकस्थल, बजार र मठमन्दिरबाट हटाइ चौपायाको उचित व्यवस्थापनमा ध्यान दिन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशको पालन नभएकाले न्यायाधीश पवनकुमार शर्मा र न्यायाधीश धीरबहादुर चन्दको संयुक्त इजलासले परमाआदेश जारी गरेको हो ।

उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता गजेन्द्रबहादुर रावलले असोज १४ गते कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग क्षेत्र पर्ने भीमदत्तनगरपालिका, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका नगरप्रमुख र सम्बन्धित नगरपालिकाका पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने वडाका वडाध्यक्षलाई विपक्षी बनाई निषेधाज्ञा र परमादेशको आदेश गरी पाऊँ भनी उच्च अदालतमा निदेवन दर्ता गरेका थिए ।

उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरका अध्यक्षसमेत रहेका अधिवक्ता रावलले छाडा पशु चौपायाको व्यवस्थापन नभएको तथा स्थानीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ले निर्देशित कानूनी व्यवस्थाबमोजिम कार्य नगरेको र छाडा चौपायाका कारण सवारी दुर्घटनासँगै अन्य विभिन्नखाले समस्या निम्तिएको भनेर चार स्थानीय तहलाई विपक्षी बनाई रिट दर्ता गरिएको बताए । रासस

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार ००:००