२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रम्भा गाउँपालिकाले बालविवाह गर्नेलाई सेवासुविधा नदिने



माघ २८, रामपुर । पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्नेमध्ये बालविवाह गर्नेलाई सेवासुविधा नदिने भएको छ ।

पाँच वटा वडा रहेको गाउँपालिकामा सानै उमेरमा विवाह गर्नेहरु बढ्न थालेपछि यस्तो निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् ।

सानै उमेरमा विवाह गर्दा शारीरिक तथा मानसिक समस्या आउने भएकाले यसको न्यूनीकरणका निम्ति गाउँपालिकाले अभियान जारी राखेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

बाक्लो मगर बस्ती रहेको रम्भा गाउँपालिकाका वडा नं २ फोक्सिङ्कोट र ३ को पीपलडाँडामा बालविवाह गर्नेहरु बढिरहेको गाउँपालिकाले जनाएको छ ।

कम उमेरमै विवाह गर्दा र कम उमेरमा शिशु जन्माउँदा विशेष गरी शिशु र आमाको स्वास्थ्य अवस्था कमजोर हुने र कतिपय अवस्थामा शिशु र आमाको ज्यानैसमेत जान सक्नेतर्फ गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

गाउँपालिकाभित्र अहिले विशेष गरी १४ देखि १७ वर्ष उमेर समूहमै बिहे गर्नेहरु बढेकाले गाउँपालिकाले बालविवाह रोक्ने पहल गरेको हो । गाउँपालिकाले कम उमेरमा विवाह गर्नेलाई विवाह दर्तासमेत रोकेको छ ।

गाउँपालिकाका अध्यक्ष भण्डारीले विवाह दर्ता गर्न आउने युवती तथा युवकलाई छुट्टयाइदिएर उमेर पुगेपछि विवाह गर्न सल्लाहसमेत दिई पठाउने गरिएको जानकारी दिए ।

बालविवाहमुक्त वडासँगै छुवाछूतमुक्त वडाका बनाउनका लागि कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमका लागि चार लाख रुपैँय विनियोजन गरिएको अध्यक्ष भण्डारीको भनाइ छ । रासस

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार ००:००