९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा ४ दिनदेखि टेलिफोन सेवा अवरुद्ध



माघ २८, जाजरकोट । रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङले क्षति गरेपछि जाजरकोटको टेलिफोन सेवा ४ दिनदेखि अवरुद्ध छ ।

समयमै मर्मत नहुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन् । रातामाटाको रिपिटर टावरले जाजरकोटमा सेवा प्रवाह गर्दै आएको छ । २ हप्ताअघि मछाइनामा रहेको टावरमा चट्याङ्ले क्षति बनाएपछि हप्ता दिन अवरुद्ध भएको थियो । फेरी टेलिफोन सेवा पूर्ण अवरुद्ध भएपछि यहाँका सेवाग्राही मर्कामा परेका हुन् ।

मछाइनमाको टावरले रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइला लगायतका ५ ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको थियो ।

रिपिटर टावरको चट्याङले त्यहाँ रहेको सोलार ब्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिनए । नेपालगञ्जबाट प्राविधिक टोली काममा खटिए पनि टावर निर्माणको काम सफल नभएको भण्डारीले जानकारी दिए ।

टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा सम्पर्क टुटेको छ । मछाइनामा रहेको टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका स्थानीयवासीले सास्ती भोग्दै आएका छन् ।

निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भरपर्नुपर्ने बाध्यता रहेको छ । रासस

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार ००:००