२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूमे गाउँपालिकाले विद्युत उत्पादन गर्ने



माघ २७, रुकुम (पूर्व) । पूर्वी रुकुमको भुमे गाउँपालिकाले विद्युत् उत्पादन गर्ने भएको छ । गाउँपालिकाले १ मेगावाट विद्युत् उत्पादन गर्न लागेको हो ।

विद्युत् उत्पादनका लागि लुकुम र थवाङ खोलामा पूर्व सम्भाव्यता अध्ययनको काम थालिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए । “अध्यनपछि एउटा खोलाबाट विद्युत् निकालिने छ”, उनले भने ।

सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)का लागि चालू आर्थिक वर्षमा ३० लाख रुपयाँ विनियोजन गरिएको मगरले बताए ।

सम्भाव्यता अध्ययनका लागि लुकुम खोला र थवाङ खोलामा ५÷५ लाख रुपैयाँ र डीपीआरका लागी २० लाख रुपैयाँ विनियोजन गरिएको छ । लुकुम खोलामा हाल चार लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् ।

हाल गाउँपालिकामा सञ्चालित आठ लघु जलविद्युत् आयोजनाबाट ३ सय ९२ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । उत्पादित सो विद्युत् गाउँपालिकालाई पर्याप्त छैन । गाउँपालिकाका झण्डै ७५ प्रतिशत नागरिक अझै अँध्यारोमै बस्न बाध्य छन् । रासस

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार ००:००