१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान कार्यान्वयनका लागी तीन वटै सरकारबीच समन्वय आवश्यकः उपसभामुख



माघ २७, उर्लाबारी । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीन वटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएकी छन् ।

मोरङको उर्लाबारी नगरपालिकामा आज स्थानीय राजपत्र सार्वजनिक गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसके समस्या सिर्जना हुने बताइन् । उनले जनतालाई सरकारको अनुभूति दिन पनि तीनवटै सरकार मिलेर अघि बढ्नुको विकल्प नरहेको धारणा राखिन् ।

उहाँले स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यबीच पनि समन्वय र सल्लाह हुनुपर्ने बताइन् । उनले विकास निर्माणका विषयमा तीनवटै सरकारका जनप्रतिनिधिबीच समन्वय र सल्लाह भएमा मात्र विकासले सही गति लिने विचार व्यक्त गरिन् ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशन विधेयक अधिवेशनका रुपमा लिँदै अहिले धमाधम विधेयकमाथि छलफल भइरहेको उनले जानकारी दिइन् । उर्लाबारी नगरपालिकाले २९ वटा ऐन, नियमावली र कार्यविधिलाई समेटेर स्थानीय राजपत्र सार्वजनिक गरेको नगर प्रमुख खड्गबहादुर फागोले बताए । रासस

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार ००:००