९ चैत्र २०८०, शुक्रबार | Fri Mar 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण नगरपालिकाको चौथो नगरसभा शुरु



माघ २५, भक्तपुर । चाँगुनारायण नगरपालिकाको चौथो नगरसभा आजदेखि शुरु भएको छ । नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले नगरसभामा प्रस्ताव गरिएका विषयको दफाबार छलफल गरी आगामी मङ्गलबारसम्म सभा सञ्चालन गरिने बताए ।

नगरसभामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्ताव गरिएको छ । सभामा संशोधित विधेयक र प्रस्ताव गरिएका विधेयकमाथि सोमबारसम्म दफाबार छलफल गरी संशोधनका लागि लिखित सुझाव माग गरिएको उनले बताए । आगामी मङ्गलबार बस्ने सभाको बैठकले विधेयक पारित गर्ने नगर प्रमुख मिश्रले बताए ।

नगरसभामा चालू आवको ६ महीनामा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले आन्तरिक राजश्व सङ्कलनतर्फ २५ प्रतिशत मात्रै राजश्व सङ्कलन गर्न नगरपालिका सफल भएको बताइन् । नगरपालिकाले चालू आववमा कूल १६ करोड ७८ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६ महीनामा कूल ४ करोड १६ लाख राजश्व सङ्कलन भएको उनले जानकारी दिइन् ।

चालू खर्चतर्फ चार करोड नौ लाख खर्च भई २०।६६ प्रतिशत प्रगति भएको र सशर्त अनुदानतर्फ १४ करोड ३० लाख खर्च भई ४०।५८ प्रतिशत मात्रै प्रगति हासिल गर्न सफल भएको सभालाई जानकारी गराइन् ।

पूँजीगततर्फ भने आठ करोड ३० लाख खर्च भई २०।१५ प्रतिशत मात्रै प्रगति भएको छ । स्वास्थ्य, महिला विकास तथा बालबालिका, कृषि तथा पशु विकास, सुशासन एवं सूचना प्रविधि, वन तथा वातावरण, शहरी विकास, भौतिक पूर्वाधार निर्माण, घर नक्सा पास, विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन लगायत विषयमा नगरपालिकाले विशेष योजना अघि सारेको छ । न्यायिक समितितर्फ एक वर्षमा २८ मुद्दा दर्ता भएकामा २१ मुद्दा फछ्र्योट भएका छन् ।

नगरपालिकाले बनाएको कानून तथा नीति निर्माण बालुवा खानी सञ्चालनसम्बन्धी कार्यविधि २०७५ टोल विकास संस्था सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७५, स्थानीय विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलन सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५, व्यवसाय कर निर्देशिका २०७५, सरसफाइ तथा फोहर मैला व्यवस्थापन कार्यविधि २०७५, अनुदान तथा आर्थिक सहायता निर्देशिका २०७५, आन्तरिक आय ठेक्का बन्दोबस्त गर्न बनेको कार्यविधि २०७५, भवन निर्माण मापदण्ड, भवन इजाजत तथा घर नक्सा पास कार्यविधि २०७५ र आधारभूत तहको परीक्षा सञ्चालन कार्यविधि २०७५ निर्माण गरेको छ । रासस

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार ००:००