१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङका ९ स्थानीय तह दमकल विहीन



माघ २५, गलकोट । बागलुङ जिल्लाका नौ स्थानीय तह दमकलविहीन छन् । जिल्लाको बागलुङ नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल छैन ।

गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढीगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् ।

दमकल अत्यावश्यक भएपनि हालसम्म खरीद गर्न नसकिएको र आगामी वर्ष बजेट विनियोजन गरेर खरीद गरिने ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।

बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोकिने जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले बताए । जिल्लामा मोटरबाटोको सहजता भएसँगै दमकलको आवश्यकता महसुस भइरहेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकामै दमकल पुग्न सक्ने सडक सञ्जाल पुगेको छ ।

आवश्यकता भएपनि स्रोत साधनको अभावमा खरीद गर्न नसकिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए । अन्य स्थानीय तह क्षेत्रमा आगलागी हुँदा बागलुङ नगरपालिकाको दमकल गुहार्नुपर्ने अवस्था रहेको छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । रासस

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार ००:००