१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरको सिरुटार–बिरुवा सडक शिलान्यास



माघ २४, भक्तपुर । प्रदेश सरकारको १ करोड रुपैयाँ अनुदानमा बिस्तार हुन लागेको सिरुटार–बिरुवा सडकको प्रदेश नं ३ का सदस्य शशिजंग थापाले विहीवार शिलन्यास गरेका छन् ।

भक्तपुर र ललितपुर जोड्ने भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार, वडा नं २ बालकोट र ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथली र टीकाथली जोड्ने गुप्तेश्वर मन्दिरसँगै रहेको खोलाबाट बिरुवा पुग्ने उक्त सडकको विस्तार थालिएको हो ।

कौशलटार–बिरुवा सडक खण्डअन्तर्गत बालकोट पुलदेखि बिरुवासम्मको सडकको दायाँबायाँ पर्खाल लगाउने तथा ३६ फिटको चौडाइ बनाउने गरी सडक विस्तार गर्न लागिएको थापाले बताए ।

सिरुटारमा खानेपानी, सडक र ढलको बिस्तार गरी नमूना र सुविधा सम्पन्न सिरुटार बनाउने अभियान थलिएको हो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका– १ का वडाध्यक्ष सानुकाजी कायस्थले जीर्ण बालकोट–सिरुटार जोड्ने पुल निर्माण गरिने बताए । १ करोड रुपैयाँ लागतको उक्त पूलको बोलपत्र आह्वान भइसकेको छ । रासस

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार ००:००