१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा ५२ उजुरी दर्ता



माघ २४, काठमाडौं । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा ५२ उजुरी दर्ता भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा समितिमा ५२ उजुरी दर्ता भएका हुन् ।

दर्ता भएका उजुरी मध्ये आठ उजुरी मिलापत्रको माध्यमबाट समाधान गरिएको र बाँकीको समाधानका लागि छलफल र सहमतिको प्रयास भइरहेको नगरपालिका उपप्रमुख भवानी डोटेलले जानकारी दिइन् ।

आव २०७४÷७५ मा समितिमा परेको ६२ उजुरीमध्ये १९ उजुरी मिलापत्रका माध्यमबाट समाधान गरिएको थियो भने बाँकी ३० उजुरीको सुनुवाइ अझै हुन सकेको छैन । समयमा नै उजुरी फछ्यौट नहुँदा भर्खरै अभ्यासमा आएको न्यायिक समितिको प्रभावकारिता कतै कमजोर हुने पो हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ ।

नगरपालिकामा आउने उजुरी सबै लिखित रुपमा नै आउने गरेका छन् । समितिमा आउने अधिकाँश उजुरी साँध–सिमानाका छन् । रासस

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार ००:००