१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्लागण्डकी नगरपालिकाः वडाध्यक्ष पुर्पक्षका लागि थुनामा



माघ २४, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् । सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

कुटपिटमा संलग्न तीन पक्राउ

तनहुँको घिरिङ गाउँपालिका–३ डाँडाथोकमा कुटपिटको अभियोगमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका १७ वर्षीय सुजन आले, १९ वर्षीय मनोज राना र २८ वर्षीय सन्तबहादुर थापा छन् ।

डाँडाथोकमा विवाहको भोजमा भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाका युवाबीच झगडा भएकामा भिमाद नगरपालिका ४ बस्ने १४ वर्षीय निशान रानासमेतलाई कुटपिट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ । कुटपिटबाट घाइते चारको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार ००:००