१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७०३ स्थानीय तहमा पुग्यो बैंक



माघ २३ माघ, काठमाडौं, ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७०३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा स्थापना भएका छन् । सरकारले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पु-याउने योजनाअनुसार नेपाल राष्ट्र बैंकले शाखा स्थापना भए नभएको पनि अनुगमन गरिरहेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला लेकम गाउँपालिकामा इजाजत प्राप्त बैंकको शाखा कहिलेसम्ममा खुल्छ र देशभरिमा सबै स्थानीय तहमा यो सेवा कहिलेसम्ममा पु¥याउनु हुन्छ भन्ने भन्ने प्रश्नमा अर्थमन्त्री डा युवराज खतिवडाले ७ सय ३ स्थानीय तहमा बैंक तथा त्यसको शाखा पुगेको जानकारी दिएका हुन् ।

आगामी चैत मसान्तभित्र बाँकी रहेका ५० स्थानीय तहमध्ये ३० वटामा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्ने पनि खतिवडाले जानकारी दिए । बाँकी २० स्थानीय तहमा भने आगामी आर्थिक बर्षमा मात्र पुग्ने खतिवडाले बताए ।

स्थानीय तहमा बैंकका शाखा पुगे कि पुगेनन् भन्ने अनुगमन गर्ने कार्य नेपाल राष्ट्र बैंकले गरिरहेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले स्थानीय तहको सुगमता र आर्थिक क्रियाकलाप तथा कारोवारको अवस्था हेरे बैंक स्थापना भइरहेको खतिवडाले बताए ।

सांसद रामबहादुर विष्टले ग्रामीण क्षेत्रमा बृद्धभत्ता बुझ्न दुई दिनसम्म हिँडेर जानुपर्ने भएकाले समस्या पैदा भएको भन्दै गाउँ घरमै ज्येष्ठ नागरिकभत्ता उपलब्ध गराउने वातावरण कहिले बन्छ भन्ने प्रश्न गर्नुभएको थियो ।

बिष्टको प्रश्नमा खतिवडाले क्रमशः पूर्वाधारको विकास गर्दै लैजाने र सहजैरुपमा सेवा सुविधा दिने योजनामा सरकार रहेको जवाफ दिए ।

सांसद विरोध खतिवडाले ग्रामीण क्षेत्रमा इजाजत प्राप्त बैंकको शाखा कहिले खुल्ने प्रश्न गर्दै, निजी बैंकले गरेको प्रतिबद्धता पूरा गर्न उदासिन देखाएको भन्दै त्यस्ता बैंक तथा वित्तीय संस्थालाई कारवाही हुँदैन भन्ने प्रश्न गर्नुभएको थियो ।

सांसद खतिवडाको प्रश्नमा डा खतिवडाले सबै स्थानीय तहमा शाखा पुग्ने भन्दै बैंकको सुरक्षाका लागि सुरक्षित भवन पनि चाहिने भएकाले केही स्थानमा ढिलाइ भएको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो ।

जवाफमा बैंक वित्तीय संस्था इजाजत लिएर नै चल्ने भएकाले त्यसमा शंका नगर्न पनि अर्थमन्त्रीको आग्रह थियो । रासस

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार ००:००