७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८ कक्षाबाटै पढाइ छाड्नुपर्ने बाध्यता



माघ २३ खोटाङ । सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने भँडारेघाटको सुनकोशी किनारमा २४ घर माझी समुदायको बसोवास छ । अहिलेसम्म उक्त बस्तीका सुब्बा माझी, भीम माझी र पदम माझीले मात्र एसएलसी पास गरेका छन् ।

नजिक माध्यमिक विद्यालय नहुँदा भँडारेघाटका अधिकांश माझी समुदायका विद्यार्थीले आधारभूत तहबाटै पढाइ छाड्ने गरेका छन् । नजिक भनिएका माविमा पुग्न साढे ३ घण्टा लाग्ने भएकालेविद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेका हुन् ।

स्थानीयवासी सुजन माझी, सुजन माझी (क), डगेन्द्र माझी, कुशल माझी, विशाल माझी, मनकुमारी माझीलगायतले मावि टाढा भएकै कारण ८ कक्षा पढेपछि छोडेका छन् ।

भँडारेघाटबाट साढे ३ घण्टा पैदल हिँडेर छोरम्बुको सापातेलस्थित मीना–कर्ण माविमा पुग्नुपर्ने बाध्यता भएका कारण पढाई छोड्नु परेको पञ्चकौशिका आधारभूत विद्यालयका प्रधानाध्यापक पवनकुमार बस्नेतले बताए ।

मावि पढ्न डेरा लिएर बस्नुपर्ने, तर आर्थिक अवस्था कमजोर भएकाले बीचैमा पढाइ छाड्ने गरेको पाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ भँडारेघाटमा रहेको उक्त विद्यालयमा अध्ययनरत १ सय ९७ विद्यार्थीमध्ये ६७ विद्यार्थी माझी समुदायको रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर माझीले बताउनुभयो ।

विकट ठाउँमा रहेको उक्त विद्यालयमा खोटाङतर्फका भँडारेघाट, सानो भँडारे, रसुवाघाटका विद्यार्थी अध्ययनरत छन् । यसबाहेक खोटाङको हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाका साथै उदयपुरको रौतामाई गाउँपालिकाको चनौटे, बिमिरे, बेलबोटे, सोरखु तथा लिङ्चिङबुङ गाउँपालिकाको लामाटार लगायतका विद्यार्थी समेत सुनकोशी तरेर विद्यालय आउने गरेका छन् ।

वि.सं २०४८ मा स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ८ सम्म मात्र पढाइ हुने विद्यालयलाई यसै शैक्षिक सत्रबाट स्तरोन्नति गरेर कम्तीमा कक्षा १० सम्म सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । रासस

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार ००:००