१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाको दोगडाकेदार नामक मोबाइल एप्स सञ्चालनमा



माघ २३, बैतडी । आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले मङ्गलबारबाट गाउँपालिकाको मोबाइल एप्स शुरु गरेको सूचना प्रविधि अधिकारी जनकबहादुर विष्टले जानकारी दिए । एप्सबाट गाउँपालिकाका सूचना लगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने भएको छ । गाउँपालिकाका कामबारे सुझाव, सल्लाह पनि एप्सबाटै दिन सकिनेछ । दोगडाकेदार नामक यो एप्स डाउनलोड गरेर प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रममार्फत गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । यसैबीच गाउँपालिकाले दुई विद्यालयमा सरसफाइका सामग्री वितरण गरेको छ । गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र वडा नं ५ स्थित न्वाली मावि दोलीमा मङ्गलबार सरसफाइका सामग्री वितरण गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई साबुन, कोलगेटदेखि लिएर कक्षा ८ सम्म छात्रालाई सेनेटरी प्याडसमेत वितरण गरिएको न्वाली स्वास्थ्यचौकीका प्रमुख नैनसिंह गोयलाले जानकारी दिए ।

विद्यालयमा फोहर व्यवस्थापनका लागि ‘डस्टबिन’, फोहर जलाउने ‘कन्टेनर’, पानी शुद्धीकरणका लागि फिल्टर लगायतका सामग्री वितरण गरिएको छ । नमूनाको रूपमा यो वर्ष गाउँपालिकाका दुई विद्यालयमा सरसफाइका सामग्री वितरण गरिएका र अन्य विद्यालयमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाले जनाएको छ ।

सरसफाइ सामग्री वितरणका साथसाथै सचेतानमूलक कक्षा समेत सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । रासस

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार ००:००