१६ मंसिर २०८०, शनिबार | Sun Dec 3 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ५ः १७ नगरका प्रमुख तथा प्रशासकीय अधिकृत दाङमा



माघ २०, लमही । प्रदेश नं ५ का १७ नगरपालिका प्रमुख तथा प्रशासकीय अधिकृतहरु दाङको तुलसीपुरमा भेला भएका छन् ।

नेपाल नगरपालिका सङ्घको आयोजनामा तुलसीपुरमा शुरु भएको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनासम्बन्धी दुईदिने अन्तर नगरपालिका सिकाइ कार्यक्रममा सहभागी हुन उनीहरु तुलसीपुर आएका हुन् ।

पहिलो दिन शनिबार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल नगरपालिका सङ्घका कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जग्गा बाँझो राख्दा विपद् बढ्ने गरेको बताए ।

“जग्गामा नियमित खेतीपाती गर्ने हो भने पानी सोस्ने र जग्गा बलियो हुनेहुन्छ,” उनले भने, “तर बाँझो राख्दा पानी नसोस्ने र पहिरो जाने खतरा हुन्छ ।” त्यसैले तुलसीपुर उपमहानगरपालिकाले जग्गा बाँझो नराख्ने नीतिलाई पनि अघि सारेको उनले बताए ।

पहिलो दिन तुलसीपुर उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका, लमही नगरपालिका, प्यूठान नगरपालिका, बाणगङ्गा नगरपालिका, स्वर्गद्वारी नगरपालिका लगायतका प्रमुख तथा प्रशासकीय अधिकृतले विपद् न्यूनीकरण गर्न अ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रम आइतबारसम्म चल्नेछ । रासस

प्रकाशित मिति : २० माघ २०७५, आइतबार ००:००