८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली नदीमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक



माघ १८, अत्तरिया । कर्णाली नदीमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाइएको छ । कर्णाली नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन बिनै ढुङ्गा, बालुवा सङ्कलन, उत्खनन भएको पाइएपछि जिल्ला समन्वय समिति कैलालीले उत्खननमा रोक लगाएको हो ।

जिल्ला समन्वय समिति कैलालीका अनुसार कर्णाली नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन, उत्खनन तथा घाटगद्दी गरेको पाइएपछि रोक लगाइएको हो ।

समन्वय समितिले अनुगमनको क्रममा आइइई नगरेका ठाउँमा उत्खनन गरी कर्णालीलाई चिरा–चिरा पारिएको पाइएकोले उत्खनन्मा रोक लगाइएको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताए ।

उनका अनुसार आईईई गरेको ठाउँमा उत्खनन गर्न दिइने र आइईई नभएको सबै ठाउँलाई बन्द गरी व्यवस्थित गरिनेछ । थापाका अनुसार कर्णाली पुल चिसापानीदेखि ३ किलोमिटरपरबाट १० किलोमिटरसम्म उत्खनन बन्द गरिएको छ ।

जिल्लाका १३ स्थानीय तहसँग समन्वय गरी यहाँका विभिन्न खोला, नाला, नदीमा अवैध रूपमा सङ्कलन गरिँदै आएको ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन, उत्खनन बन्द गरिएको समेत संयोजक थापाले जानकारी दिए । रासस

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ००:००