२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवदुर्गा गाउँपालिकाको धनगाडमा पक्की पुल निर्माण, स्थानिय खुशी



माघ १८, डडेल्धुरा । डडेल्धुरा नवदुर्गा गाउँपालिकाको धनगाडमा पक्की मोटर चल्ने पुल निर्माण हुँदा स्थानीय बासिन्दा खुशी भएका छन् ।

जिल्ला सदरमुकामसँग गाउँपालिकालाई जोड्ने धनगाड रुपालीगाडमा पक्की मोटर चल्ने पुल निर्माण हुँदा खोलामा आवतजावतका लागि सहज भएको स्थानीयवासी खुशी भएका हुन् ।

जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका–१ कोटेलीगाउँको सिमानामा रहेको धनगाडमा पक्की मोटर गुड्ने पुल निर्माण भएको छ । खोलामा मोटर चल्ने पुल निर्माणसँगै अब गाउँपालिकामा बाह्रै महीना यातायात सञ्चालनका लागि सहज हुनुका साथै वर्षात्को समयमा आवतजावत गर्नका लागि पनि सहज भएको स्थानीय बासिन्दा भोजबहादुर साउदले बताए ।

वर्षौदेखि धनगाडमा पुल नहुँदा वर्षात्को समयमा जोखिम मोलेर खोला तर्नु पर्दथ्यो साउदले भने, ‘‘अब भने वर्षात्को समयमा पनि सहजै रूपमा जिल्ला सदरमुकाम सहित देशका अन्य भागमा जान सक्दछौँ ।’’

जिल्ला सदरमुकाम आउनका लागि गाउँपालिकाको सहज र छोटो मार्गमा निर्माण भएको यस पुलका कारण कृषिजन्य वस्तु बजारसम्म पु¥याउन र वर्षात्को समयमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको अर्का स्थानीयवासी शेरबहादुर साउदको भनाइ छ ।

धनगडा रुपालीगाड कोटेली पुल डिभिजन सडक कार्यालय कुलपाते डोटीको दुई करोड ३३ लाखमा निर्माण भएको उक्त पुलको लम्बाइ १८ मिटर र चौडाइ १० मिटर रहेको छ । रासस

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ००:००