१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपमहानगरनगरको विकासका लागि सरोकारवालासँग छलफल



माघ १८, कैलाली । धनगढी उपमहानगरपालिकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग नगरको विकासका सम्भावनाबारे छलफल गरेको छ ।

उपमहानगरपालिकाले नगरमा हुने विकासमा स्थानीय नगरवासीको अपनत्वको भावना विकास गर्न बेलाबेलामा सरोकारवालासँग छलफललाई निरन्तरता दिँदै आएको हो ।

बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्षेत्रमा गर्न सक्ने काम, किसानलाई सहुलियतमा दिनसक्ने ऋण तथा लगानी, बैंक तथा वित्तीय संस्था अगाडि हुने अव्यवस्थित पार्किङ र केही समयभित्रै मुख्य बजार भत्काइने भएकाले बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनका बारेमा समेत छलफल गरिएको उपमहानगरप्रमुख नृपबहादुर वडले जानकारी दिए ।

उपप्रमुख सुशीला मिश्र भट्टले सरोकारवालासँगको छलफल तथा अन्तक्र्रियाबाट सबै क्षेत्रको सुझाव लिइरहेको र छलफलबाट आएका सुझावका आधारमा काम गरिने जानकारी दिए ।

छलफलमा बैंकर्स क्लबका जिल्ला अध्यक्ष टेकराज भट्टले धनगढीको विकासका लागि सबैको सहयोग र साथ अपरिहार्य भएकाले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ००:००