५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनामैना नगरपालिकाद्वारा ४३ कानून निर्माण



माघ १८, खस्यौली । सैनामैना नगरपालिकाले अहिलेसम्म ४३ कानून निर्माण गरेको छ । तीमध्ये २० विभिन्न ऐन, चार नियमावली, १९ कार्यविधि र निर्देशिका रहेका छन् ।

त्यीमध्ये फोहरमैला व्यवस्थापन ऐन २०७४, नगरपालिका शिक्षा ऐन २०७४, नगरपालिका संस्था दर्ता ऐन २०७५, कृषि व्यवसाय प्रर्वद्धन ऐन २०७४ बढी प्रभावकारी भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै कार्यविधि तथा निर्देशिकामा टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४, नगरपालिका पदाधिकारीको आचारसंहिता २०७४, फोहर व्यवस्थापन कार्यविधि २०७४ पनि प्रभावकारी देखिएको नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण भण्डारीले जानकारी दिए ।

“केन्द्रको कानूनसँग नबाझिने गरी निर्माण भएका कानूनले दिनहुँ कार्यसम्पादन गर्न सहज भएको छ,” उनले भने । अधिकांश कानून राजपत्रमा प्रकाशित भइसकेका छन् । रासस

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ००:००