१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठेखोला गाउँपालिकाः स्वास्थ्य चौकी भवन निर्माण



माघ १८, बागलुङ । काठेखोला गाउँपालिका १ पालामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन बनाएको हो ।

एक करोड ६६ लाखको लागतमा निर्मित भवन बिहीबार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष खड्क थापाले बताए । विसं २०७४ कात्तिकमा ‘गाल्वा जयलक्ष्मी जेभीले’ भवन निर्माणको जिम्मा पाएको थियो ।

सम्झौता अवधि नसकिँदै भवन सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक जयन्द्र श्रेष्ठले बताए । सम्झौताको अवधि आउँदो वैशाख २५ गतेसम्म थियो । भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति, औषधि भण्डार लगायतका कक्ष छन् ।

कर्मचारीको आवास सुविधाका लागि समेत कोठाहरू बनाइएको छ । सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकीका इञ्चार्ज लोकबहादुर थापाले बताए ।

यसअघि अस्थायी संरचनाबाट स्वास्थ्य चौकीको सेवा सञ्चालन भइरहेको थियो । आठ लाखमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणको काम अघि बढेको थियो । रासस

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ००:००