७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्धिका लागि प्रकृति र संस्कृतिलाई उपयोग गरौंः उपराष्ट्रपति पुन



माघ १७, परासी । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको समृद्धिका लागि प्रकृति र संस्कृतिलाई उपयोग गर्न सुझाव दिएका छन् ।

नेपाल प्रकृत्ति र संस्कृतिका हिसाबले विश्वमै धनी मुलुक भएकाले यिनै क्षेत्रकै भरपुर उपयोग गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान साकार पार्न सकिने उनले बताए ।

पश्चिम नवलपरासीको सुनवल–१३ बडेरामा आजदेखि सुरु भएको प्रथम औद्योगिक व्यापार मेला एवं लोक सांस्कृतिक पर्यटन महोत्सवको उद्घाटन गर्दै पुनले भने, “हाम्रो देश प्रकृति र संस्कृतिमा धनी हुँदाहुँदै पनि यसको ठीक ढङ्गले उपयोग गर्न सकिएको छैन । प्रकृति र संस्कृतिलाई ठीक ढङ्गले सदुपयोग गर्दै पर्यटनसँग जोडेर समृद्धि हासिल गर्न सकिन्छ ।”

यसैगरी प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशको समृद्धिका लागि पर्यटन, कृषि र उद्योगलाई प्राथमिकता दिएर विकास योजना अघि बढाएको बताए । चौधरीले भने “प्रदेशका युवालाई प्रदेशमै रोजगार उपलब्ध गराउन अहिले प्रदेश सरकारले बनाइरहेको आवधिक योजना पनि अन्तिम चरणमा पुगेको छ ।”

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी र उद्योग वाणिज्य सङ्घ सुनवलको संयुक्त रुपमा आजदेखि आयोजना गरेको मेला आगामी माघ २८ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष भरत क्षेत्रीले जानकारी दिए ।

जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख शिवशङ्कर राय, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगायतले नवलपरासीको औद्योगिकीकरण र पर्यटनको विकासमा पहल गरिदिन उपराष्ट्रपति पुनलाई आग्रह गरेका थिए ।

नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो मेलामा नेपाली मौलिक कला संस्कृतिको प्रदर्शनी, विभिन्न जातजातिका परम्परागत घरहरु, फरकफरक जातजातिका मौलिक खानाका परिकार प्रदर्शनीमा राखिएको छ । दैनिक रुपमा फरकफरक जातजातिका सांस्कृतिक प्रस्तुति महोत्सवमा प्रस्तुत हुने प्रतिष्ठानका अध्यक्ष क्षेत्रीले बताए ।

रङ्गशाला परिसरमै रहेको तालमा डुङ्गा सफारी, घोडा सफारी र ऊँट पनि विशेष आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ । महोत्सवमा १ सय ५० भन्दा बढी कक्ष छन् । रासस

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार ००:००