१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विन्ध्यवासिनी मन्दिरमा ज्येष्ठ नागरिक र अशक्तलाई लिफ्ट



माघ १७, कास्की । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा दर्शनको लागि वृद्धवृद्धा र अशक्तको लागि लिफ्ट (विद्युतीय भ¥याङ) को व्यवस्था गरिएको छ ।

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको विन्ध्यवासिनीमा दर्शन र पूजाआजामा ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तको सहज पहुँच पु¥याउने उद्देश्यले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निःशुल्क रुपमा लिफ्टको व्यवस्था गरेको हो ।

गएको वर्षबाट शुरु गरिएको निर्माणको काम सम्पन्न भएको र फागुन महीनाभित्रमा औपचारिक रुपमा सञ्चालनमा ल्याइने समितिका सचिव तीर्थ श्रेष्ठले बताए । “अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गले पनि मन्दिरमा सहज रुपमा दर्शन गर्न सकून् भनेर लिफ्ट निर्माण गरेका हौँ ।” श्रेष्ठले भने ।

अशक्तले अर्काको सहारामा मात्र मन्दिरमा दर्शनको लागि जानुपर्ने बाध्यता लिफ्ट निर्माणबाट हट्ने बताइन्छ । पोखराको प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी हाउस र हुण्डाई मोटर्स दक्षिण कोरियाको करीब एक करोड लागतमा लिफ्ट निर्माण गरिएको हो । लिफ्टमा एकपटकमा ह्विलचियरसहित चार जना र मानिसमात्र आठ जना अट्न सक्ने क्षमता छ ।

लिफ्ट ७०० किलो भार क्षमताको रहेको र उचाइ ६० फिट छ । लिफ्टको तलमाथि दुवैतर्फ २०/२० जना बस्न मिल्ने प्रतीक्षालय पनि निर्माण गरिएको छ ।


मन्दिरमा दैनिक करीब तीन हजारले दर्शन गर्ने गरेको र पछिल्लो समय भारतीय दर्शनार्थीको सङ्ख्या वृद्धि भएको बताइन्छ । रासस

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार ००:००