१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनका ४ नगरपालिकाले संयुक्त लागतमा दमकल खरीद गर्ने



माघ १६, भरतपुर । चितवनका चार नगरपालिकाले संयुक्त लागतमा दमकल खरीद गर्ने भएका छन् । कालिका, खैरहनी, रत्ननगर र राप्ति नगरपालिकाले दमकल किन्न लागेका हुन् ।

मङ्गलबार कालिका नगरपालिकामा बसेको चारै नगरपालिकाको संयुक्त बैठकले फागुन १५ गतेभित्र दमकल खरीद गर्ने निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । दमकल खरीद प्रक्रिया अघि बढाउन उनको अध्यक्षतामा अध्ययन तथा सिफारिश समिति गठन गरिएको छ ।

“दमकल खरीदपछि भरतपुरको भरपर्नु पर्दैन,” उनले भने । बैठकले ६० लाखसम्मको दमकल खरीदका लागि सिफारिश गरेको छ । यसअघि पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त रूपमा रिङरोड निर्माण गर्ने निर्णय गरेका थिए । रासस

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार ००:००