१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोरायल गाउँपालिकाद्वारा गाउँगाउँमा गएर जन्तदर्ता



विमलबहादुर विष्ट

माघ १५, डोटी । गाउँपालिका तथा वडा कार्यालयमा जन्मदर्ता गराउनेको सङ्ख्या घट्न थालेपछि जिल्लाको जोरायल गाउँपालिकाले गाउँगाउँमा गएर जन्तदर्ता गराउने अभियान शुरुआत गरेको छ ।

अभियानका लागि गाउँपालिकाले छुट्टै टोली परिचालन गरेको छ । आफ्नो गाउँपालिकाका पाँचै वडाका गाउँमा पुगेर उक्त टोलीले जन्म, विवाह र मृत्यु दर्ता गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “गाउँमा खासै कसैले पनि जन्म, मृत्यु र विवाह दर्ता गरेको पाइएन त्यसैले यसलाई अभियानकैरुपमा लिएर काम गरिरहेका छौँ ।” सोमबारदेखि शुरु अभियान एक हप्ता चल्नेछ ।

पाँच वर्षमुनिका बालबालिकाका लागि सरकारले बालपोषण अनुदानका लागि जन्मदर्ता भइसकेका सबैको विवरण आगामी फागुन मसान्तभित्र मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरिसक्नेछ । आगामी चैतदेखि बालपोषण अनुदानबापत प्रतिमहीना ४०० का दरले उपलब्ध गराइने गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले जानकारी दिए । रासस

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार ००:००