१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्शुरामधाम नजिकको छोटी भन्सारमा पुल नबन्दा सास्ती



धनबहादुर भण्डारी

माघ १५, डडेल्धुरा । सशस्त्र द्वन्द्वमा विस्थापित पर्शुराम नगरपालिका पर्शुरामधाम नजिकको छोटी भन्सारमा पुल नबन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

सो नगरपालिकाको वडा नं ५ को भन्सार कार्यालय हालसम्म पुनःस्थापना हुन नसक्दा र पुल बन्न नसकेपछि भित्री मधेश क्षेत्रका स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् । परीगाउँ बाङघाट र सिसमझालामा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा स्थानीय तथा व्यापारीलाई समस्या भएको हो ।

महाकाली नदी पारी नजिकै भारतको टनकपुर रहे तापनि छोटी भन्सार कार्यालय नहुँदा सामान ल्याउन कैलाली तथा कञ्चनपुर वनवासाबाट लामो बाटो हिड्नुपरेको छ । भारतको टनकपुरबाट भन्दा नेपालबाट सामान ढुवानी गर्न महङ्गो हुने गरेको स्थानीय व्यापारीको भनाइ छ ।

पर्शुरामबाट जिल्ला सदरमुकाम खलङ्गा, कैलाली र कञ्चनपुरभन्दा भारत नजिक पर्ने भएकाले भन्सार कार्यालय र पुल निर्माण भएको भए सहज हुने वडा नं ४ का स्थानीय रामबहादुर विष्टले बताए ।

सरकारलाई महाकालीमा पुल निर्माण र छोटी भन्सार कार्यालय स्थापना गरिदिन स्थानीयले आग्रह गरेका छन् । महाकालीमा पुल नहुँदा स्थानीय डुङ्गाको जोखिम पूर्ण यात्रा गर्नेसमेत बाध्य बनेका स्थानीय राजु भट्टले बताए ।

कञ्चनपुर भएर पर्शुरामधाम दर्शन गर्न आउने पर्यटक तथा भक्तजनलाई समेत यो बाटो सहज हुने भएकाले महाकाली नदीमा डुङ्गा चडेर जोखिम लिएर आउने गर्दछन् । तर, डुङ्गाको यात्रा जोखिम पूर्ण हुने भएकाले ज्यानै धरापमा राखेर आउनुपर्ने बाध्यता रहेको कञ्चपुरबाट पर्शुराम तीर्थ स्नान गर्न आएका हर्कबहादुर बम बताउछन् ।

नगरपालिकाले बाङ्घाट र सिसमझाला गरी हाल दुई स्थानबाट अस्थायी नाका सञ्चालनमा छन् । वर्षेनी ठेक्कामार्फत डुङ्गा चलाइ दुवै नाकामा तार उतार कार्य भइरहेको छ । तार उतार कार्य भइरहेको सिसमझाला नाकामा सीमा प्रहरी चौकी तातोपानी र बाङघाट नाकामा प्रहरी चौकी परिगाउँमार्फत प्रहरी परिचालन गरिएको छ । नगरपालिकाले पटकपटक छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि पहल गर्दा पनि सुनवाइ नभएको नगरप्रमुख भीमबहादुर साउदले बताए ।

चार धाममध्ये महत्वपूर्ण मानिने पर्शुराम धाममा भारतको पूर्णागिरिका पर्यटक भित्र्याउने उद्देश्य रहेकाले छोटी भन्सार कार्यालय र पुल निमार्णका लागि पहल चालिरहेको नगरप्रमुख साउँदले जानकारी दिए । पुल निर्माण भए भारतसँग धार्मिक आस्था बढ्ने उनको भनाइ थियो ।

छोटी भन्सार कार्यालय स्थापना गर्न र पक्की पुन निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको बताइएको छ । दुईमध्ये कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा अवैध तरिकाले भारतीय सामान भित्रिने गरेको बताइएको छ । सीमावर्ती भारतीय बजार टनकपुरबाट दिनहुँ लाखौँ मूल्य बराबरका भारतीय सामान विनाभन्सार भित्रिँदा राजश्व गुम्ने गरेको छ । रासस

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार ००:००