१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विरिङ खोलामा झोलुङे पुल निर्माण हुने



माघ १३, भद्रपुर । अर्जुनधारा नगरपालिका ५ र ७ देखि मदनपुर जाने विरिङ खोलामा एक करोड १० लाखको लागतमा निर्माण हुन लागेको झोलुङे पुलको शनिबार शिलान्यास भएको छ ।

संघीय मन्त्रालयको बजेट अन्तर्गत निर्माण हुन लागेको सो पुलको सङ्घीय सांसद पवित्रा निरौला खरेल ले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

एक सय ६० मिटर लम्बाइ र चार फिट चौडाइको सो पुल आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी युवराज डाँगीलाई ठेक्का लगाइएको छ ।

खुदुनाबारी, मदनपुर र अर्जुनधारावासीलाई वर्षात्को समयमा विरिङ खोलामा आउने बाढीका कारण आवतजावत गर्न समस्या भइरहेको हुँदा झुलुङे पुल निर्माण गर्न लागिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले बताए । रासस

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार ००:००